काठमाण्डौ। आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्स प्रालिद्वारा प्रवद्र्धित अशोक लेलैण्डले प्रदेश नं. २ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई ९ थान दमकल हस्तान्तरण गरेको छ। 

प्रदेश नं.२ को मागअनुसार नेसनल फायर सेफ र आईएमई मोटर्सको संयुक्त कार्यमा मन्त्रालयलाई हस्तान्तरण गरिएको हो। मन्त्रालयका पदाधिकारीहरुको उपस्थितिमा आइएमई मोटर्सका कर्पोरेट सेल्स हेड सुशील राना थापाका साथै नेसनल फायर सेफका प्रमुख खगेन्द्र कार्कीले ९ थान दमकल हस्तान्तरण गरेका हुन्। 

आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता अवधकिशोर कुसवाहाले खरिद गरिएका दमकल आठै जिल्लाका प्रशासन कार्यालयलाई हस्तान्तरण गरिने बताए। कुसवाहाले चालु आर्थिक वर्षको बजेटमा यसका लागि बजेट उपलब्ध गराइएकाले खरिद गरिएको जानकारी दिए। 

अशोक लेलैण्ड को १६१६ आई एल मोडलको च्यासिसमा बनाइएको दमकलमा जापानिज “शीबौरा कम्पनीको” पम्प प्रयोग गरिएको छ। जसले दमकल जान नसक्ने स्थानमा सजिलै पम्पको प्रयोग गरी दमकलजस्तै काम गर्न सकिने जनाएको छ। 

यस दमकलमा ५५०० लिटर पानी अट्ने क्षमता रहेको छ। यसका साथै दमकलमा ५०० लिटर फोम भर्न सकिन्छ। जसले गर्दा आगलागी भएको ठाउँमा छिटै र सजिलै धनजनको क्षति हुन बाट रोक्न सकिन्छ। 

कम्पनीका अनुसार यस प्रकारको अत्याधुनिक दमकल अग्नि नियन्त्रण कार्यमा उपयोगी हुनुका साथै नेपालको भौगोलीक वातावरण मैत्री भएको हुनाले यसको कार्यक्षमता निकै राम्रो रहेको छ। केही महिनाअगाडि अशोक लेलैण्डको दमकल नेपालका उर्लाबारी, लेटाङ, इनरुवा नगरपालिका, इटहरी उपमहानगरपालिका, बर्दियाको बाँसगढी नगरपालिका, काठमाण्डौको चन्द्रागिरी नगरपालिकाका साथै नेपाल आयल निगम लिमिटेडलाई हस्तान्तरण गरिएको थापाले बताए। 

दमकलको कार्यक्षमता, यसमा रहेका अत्याधुनीक उपकरण, साथै दमकलको मर्मत खर्च कम हुने भएकोले यो दमकल नेपालमा बढी रुचाइएको कम्पनीले जनाएको छ।