काठमाण्डौ । वाणिज्य बैंकहरुले असार महिनामा पनि निक्षेपको ब्याजदर स्थिर नै राख्ने भएका छन्।
वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघ (एनबीए)को कार्यकारी समितिको आज बसेको बैठकले असार महिनामा निक्षेपको ब्याजदर स्थिर राख्ने निर्णय गरेको हो। अर्थात् अब वाणिज्य बैंकहरुले जेठ महिनामा कायम निक्षेपको ब्याजदरलाई असार महिनामा निरन्तरता दिनेछन्।
जेठमा पनि वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर स्थिर नै राखेका थिए।
वैशाख महिनामा निक्षेपको ब्याजदर घटाएर एकल अंकमा झारिएको थियो। बैंकहरुले वैशाख महिनामा संस्थागत मुद्दति निक्षेपको ब्याजदर ७.९९ प्रतिशत, व्यक्तिगत मुद्दति निक्षेपको ९.९९ प्रतिशत र बचतको ब्याजदर ५.४ प्रतिशतदेखि ७.४ प्रतिशत कायम गरेका थिए।
सोही ब्याजदरलाई वाणिज्य बैंकहरुले जेठ महिनामा पनि निरन्तरता दिएका थिए। अब असार महिनामा पनि यही ब्याजदरले निरन्तरता पाउने भएको छ।
यसअघि वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर १२.१३३ प्रतिशतसम्म पुगेको थियो। बैंकिङ प्रणालीमा तरलता कम हुँदै गएपछि निक्षेपकर्तालाई आकर्षित बैंकहरुले ब्याजदर बढाएका थिए।
गत माघमा एनबीएले ब्याजदर घटाएर व्यक्तिगत मुद्दति निक्षेपको ११ प्रतिशतमा झारेको थियो। त्यसपछि वैशाखदेखि ९.९९ प्रतिशतमा झारिएको थियो।
यता कर्जाको ब्याजदर भने घट्ने भएको छ। राष्ट्र बैंक चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षामार्फत १ प्रतिशतले बैंकदर घटाउँदै स्प्रेडदरलाई समेत ४.०२ प्रतिशतमा झार्नुपर्ने हुँदा कर्जाको ब्याजदर घट्ने आजको बैठकमा सहभागी एक बैंकरले बताए।
10 hours ago
16 hours ago
16 hours ago
17 hours ago
17 hours ago
18 hours ago
19 hours ago
19 hours ago
20 hours ago
20 hours ago