काठमाण्डौ । भिबोर सोसाइटी डेभलपमेन्ट बैंक र लुम्बिनी फाइनान्स एण्ड लिजिङ कम्पनीले आउँदो असार २५ देखि एकीकृत बित्तीय कारोबार सुरु गर्ने भएका छन् । 

यी कम्पनीको मर्जरलाई नेपाल राष्ट्रबैंकले असार १ गते अन्तिम स्वीकृति दिएको थियो । 

मर्जरपछि यी दुुई संस्थाले लुम्बिनी विकास बैंकको रुपमा कारोबार थाल्नेछन् । यसको अर्थ असार २५ गतेदेखि औपचारिक रुपमा भिबोर सोसाइटी डेभलपमेन्ट बैंक इतिहास बन्नेछ । 

लुम्बिनी विकास बैंकको मुख्य कार्यालय डिल्लीबजारमै रहने बताइएको छ । 

यी दुुई संस्था १०० बराबर ८० को सेयर स्वाप रेसियोमा आपसमा गाभिन लागेका हुन् । यसको अर्थ १०० कित्ता लुम्बिनी फाइनान्सको सेयर हुने सेयरधनीलाई लुम्बिनी विकास बैंकको ८० कित्ता सेयर उपलब्ध गराइनेछ । यस्तै, १ सय कित्ता भिबोर सोसाइटी डेभलपमेन्ट बैंकको सेयर हुने धनीलाई लुम्बिनी विकास बैंकको १ सय कित्ता नै सेयर दिइनेछ । 

मर्जरपछि बन्ने लुम्बिनी विकास बैंकको चुक्तापूँजी २ अर्ब २६ करोड रुपैयाँ पुुग्नेछ । असार मसान्तसम्म २ अर्ब ५० करोड चुक्तापुँजी पुर्याउनुपर्ने बैंकले २४ करोड रुपैयाँ थपका लागि बोनसको बाटो रोज्न सक्नेछ ।