काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुले असोज महिना सुुरु भएयता सवा १ खर्ब बढी स्थायी तरलता सुविधा (एसएलएफ) लिएका छन्।
नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुुसार बैंक तथा वित्तीय संस्थाले आज शुुक्रबारसम्म १ खर्ब ३७ अर्ब ७२ करोड रुपैयाँ एसएलएफमार्फत सापटी लिएका हुन्।
साउन र भदौ गरी दुुई महिनामा भने बैंकहरुले कुल १६ खर्ब ५३ अर्ब ५० करोड ४५ लाख रुपैयाँ एसएलएफबापतको सुुविधा लिएका थिए। चालुु आर्थिक वर्षको पहिलो महिनामा मात्रै राष्ट्र बैंकबाट ८ खर्ब १४ अर्ब ७० करोड ५५ लाख रुपैयाँ सापटी लिएका बैंक तथा वित्तीय संस्थाहरुले भदौमा ८ खर्ब ३८ अर्ब ८९ करोड ९ लाख रुपैयाँ लिएका थिए।
बैंकिङ प्रणालीमा तरलताको अभाव हुुँदै गएमा बैंकहरुले राष्ट्र बैंकबाट सापटीमा रुपमा एसएलएफ सुुविधाको प्रयोग गर्दछन्। जसको ब्याजदर ८.५० प्रतिशत रहेको छ।
गत साउन १ गतेयता राष्ट्र बैंकले बैंकहरुलाई १७ खर्ब ९१ अर्ब ३२ करोड ६५ लाख रुपैयाँ सापटी दिएको छ।
18 hours ago
19 hours ago
19 hours ago
19 hours ago
20 hours ago
20 hours ago
20 hours ago
21 hours ago
21 hours ago
21 hours ago