काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनले यही असोज १७ गतेबाट ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र निकाष्सन गर्ने भएको छ।
बैंकले ‘सिटिजन्स बैंक डिबेन्चर–२०९०’ नामक ऋणपत्र निष्कासन गर्न लागेको हो। बैंकले यो ऋणपत्रको १ हजार रुपैयाँ अंकित दरमा कुल ३० लाख इकाइ बिक्री खुला गर्नेछ।
कुल इकाइमध्ये बैंकले १८ लाख इकाइ व्यक्तिगत तबरबबाट बिक्री गर्नेछ भने बाँकी १२ लाख इकाइ सर्वसाधारणका लागि जारी गर्नेछ।
सर्वसाधारणका लागि जारी हुने कुल इकाइमध्ये ५प्रतिशतले हुन आउने ६० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याएको छ। बाँकी इकाइमा सर्वसाधारणले खरिद आवेदन दिन पाउने व्यवस्था गरिएको छ।
लगानीकर्ताले यो ऋणपत्रमा न्यूनतम २५ इकाइदेखि अधिकतममा सम्पूर्ण इकाइका लागि खरिद आवेदन दिन सक्नेछन्। नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सकिनेछ।
यो ऋणपत्रको निष्कासन बन्द छिटोमा असोज २१ गते र ढिलोमा कात्तिक १ गते बैंकिङ समयपछि तोकिएको छ।
सिटिजन्स बैंकको यो ऋणपत्र १० वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक १० प्रतिशत ब्याज पाउँछन्।
सिटिजन्स बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ।
11 minutes ago
26 minutes ago
48 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago