Nepal Chamber Expo-2073
काठमाण्डौ । वाणिज्य मन्त्रालय एवम् व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहकार्यमा नेपाल चेम्बर अफ कमर्सले ‘नेपाल चेम्बर एक्स्पो’को दोश्रो संस्करण आयोजना गर्ने भएको छ ।
गत वर्ष नेपाल चेम्बर एक्स्पोको पहिलो संस्करण आयोजना गरेको यो संस्थाले आगामी असोज ७ देखि ११ गतेसम्म काठमाण्डौको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा दोश्रो संस्करण आयोजना गर्न लागेको हो ।
नेपाली उत्पादनको बजारीकरण तथा अन्तर्राष्ट्रिय व्यापारिक समुदायलाई प्रत्यक्ष सहभागी गराई नयाँ अवसरहरुको खोजी र चलायमान आर्थिक वातावरणको विकास गर्नु एक्स्पोको मुख्य उद्देश्य रहेको चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार कृषिजन्य उत्पादन, आन्तरिक औद्योगिक उत्पादन, हस्तकला तथा अन्य स्वदेशी उद्यमी व्यवसायीलाई सहभागी गराई नेपाली औद्योगिक एवं वाणिज्य क्षेत्रमा रहेका प्रचुर सम्भावनाहरूलाई आम जनसमुदायसमक्ष पु¥याउने र आन्तरिक लगानीलाई अभिप्रेरित गर्ने समेत एक्स्पोको उद्देश्य हो ।
एक्स्पोमा हस्तकला, कृषि, खाद्यान्न, फर्निचर, पोशाक, निर्माण सामाग्री, छालाजन्य वस्तु तथा विभित्र नेपाली उत्पादनका सामाग्रीका साथै अटोमोवाइल, इलेक्टोनिक्स, फ्लोरिङ एण्ड फर्निसिङ, होम डेकोर, मोडुलर किचेन, फेसन वेयर, मोवाइल तथा ग्याजेटसँग सम्बन्धित कुल २७० वटा स्टलहरु रहनेछन् ।
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago
12 hours ago
13 hours ago
13 hours ago
13 hours ago