काठमाण्डौ । चालु आर्थिक वर्षको कात्तिक मध्यसम्म नेपाल धितोपत्र बोर्ड (सेबोन)मा २३ कम्पनीका २ करोड ८ लाख कित्ता बढी बोनस सेयर दर्ता भएका छन्।

सेबोनमा ती कम्पनीका २ करोड ८ लाख ११ हजार ३५४.३२ कित्ता बोनस सेयर दर्ता भएका छन्। बोनस सेयर दर्ता कम्पनीहरुमा ११ वटा लघुवित्त, ५ वटा बीमा, ४ वटा जलविद्युत, विकास बैंक, फाइनान्स र अन्य समूहका एक÷एकवटा कम्पनी छन्। 

यीमध्ये धेरैजसोको २० वटामा आर्थिक वर्ष २०७६/७७ का लागि वितरण गरिएका बोनस सेयर छन्। बाँकी ३ वटाको भने आर्थिक वर्ष २०७७/७८ का लागि वितरण गरिएका बोनस सेयर छन्। 

सेबोनमा दर्ता भएका अधिकांश कम्पनीका बोनस सेयर नेप्सेमा पनि सूचीकृत भइसकेका छन्।