काठमाण्डौ । वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणाम सार्वजनिक भइरहेको छ।

हालसम्म २ वटा उपमहानगरसहित ५५० पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ। मतपरिणाम अनुसार कांग्रेसले सर्वाधिक २५३ पालिका मेयर तथा अध्यक्षमा जित हासिल गरेको छ। एमालेले १५२ पालिकाको प्रमुखमा जित्दा माओवादी केन्द्रले १०२ पालिकामा प्रमुख जितेको छ। 

यसैगरी जनता समाजवादी पार्टीले १३ वटा पालिकाको प्रमुख जित निकालेको छ। एकीकृत समाजवादी पार्टीले पनि १२ पालिकाको प्रमुखमा विजय हासिल गरेको छ। 

सात वटा पालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार दलीय उम्मेदवार पन्छाएर जित निकालेका छन्। राष्ट्रिय जनमोर्चाका उम्मेदवार ४ वटा पालिकाको प्रमुखमा विजय भएका छन्। 

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी र सिके राउत नेतृत्वको जनमत पार्टीले २–२ वटा पालिकाको  प्रमुख पदमा जित निकालेको छ।