काठमाण्डौ । आर्थिक वर्ष २०७८–७९ का लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत कम्पनीहरुले धमाधम लाभांश घोषणा गरिरहेका छन्।
अघिल्लो आर्थिक वर्षको तुलनामा सूचीकृत संगठित संस्थाहरुले लाभांश घोषणामा ढिलाइ गरिरहे पनि केही लाभांश घोषणा गरिसकेका छन्। विशेषगरी सूचीकृत बैंक तथा वित्तीय संस्थाहरुको लाभांश घोषणामा यसपालि ढिलाइ भइरहेको छ। विभिन्न नियामकीय प्रावधानका कारण लाभांश घोषणामा ढिलाइ भइरहेको हो।
वाणिज्य बैंकहरुकै कुरा गर्ने हो भने अहिलेसम्म ११ वटाले लाभांश घोषणा गरेका छन्। जसमा ३ वटा वाणिज्य बैंकले वार्षिक साधारणसभाबाट प्रस्तावित लाभांश स्वीकृति गरेका छन् भने ४ वटाले वार्षिक साधारणसभाको डाकेका छन्। बाँकी ४ वटा वाणिज्य बैंकले भने लाभांश घोषणा गरे पनि वार्षिक साधारणसभाको मिति तय गरिसकेका छैनन्।
वार्षिक साधारणसभा गरिसकेका बैंकहरुमा सिटिजन्स बैंक, कुमारी बैंक र एनसीसी बैंक छन्।
त्यस्तै वार्षिक साधारणसभा तय गरेका बैंकहरुमा ग्लोबल आइएमई बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, एभरेष्ट बैंक र सानिमा बैंक छन्।
वार्षिक साधारणसभाको मिति तय गर्न बाँकी बैंकमा भने बैंक अफ काठमाण्डू, मेगा बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक र प्रभु बैंक छन्।
गत आर्थिक वर्षका लागि २० प्रतिशत बढी लाभांश घोषणा गर्ने बैंकहरुमा एभरेष्ट बैंक र बैंक अफ काठमाण्डू छन्। यी दुवैले क्रमशः कुल २०.६८ प्रतिशत र २०.९५ प्रतिशत लाभांश घोषणा गरेका छन्।
यसैगरी १० प्रतिशत बढी लाभांश घोषणा गर्नेमा ६ वटा बैंक छन् भने ३ वटा बैंकको लाभांश दर १० प्रतिशतभन्दा मुनि रहेको छ।
अन्य वाणिज्य बैंकहरुले भने लाभांश घोषणा गर्न बाँकी छ।
हालसम्म घोषित वाणिज्य बैंकहरुको लाभांश–
16 minutes ago
26 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago