काठमाण्डौ । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
समीक्षा अवधिमा कम्पनीले ३ करोड ४ लाख रुपैयाँ बढी नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीको नाफा १ करोड १३ लाख रुपैयाँमा सीमित थियो। समीक्षा अवधिमा कम्पनीको नाफा १६८.५५ प्रतिशतले बढेको छ।
यो अवधिमा कम्पनीको विद्युत बिक्रीबापतको आम्दानी १७.५३ प्रतिशतले बढेर १७ करोड ३७ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा यस्तो आम्दानी १४ करोड ७७ लाख रुपैयाँ रहेको थियो।
चुक्तापुँजी ८० करोड रुपैयाँ रहेको कम्पनीको प्रशासनिक खर्च बढेर ६१ लाख २५ हजार रुपैयाँ पुगेको छ। गत वर्ष यस्तो खर्च ५७ लाख ५९ हजार रुपैयाँ रहेको थियो।
कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ५.०८ रुपैयाँ, पीई रेसियो ४९.४१ गुणा र नेटवर्थ ७०.८९ रुपैयाँ रहेको छ।
5 hours ago
5 hours ago
6 hours ago
6 hours ago
6 hours ago
7 hours ago
7 hours ago
7 hours ago
7 hours ago
7 hours ago