काठमाण्डौ । आँखुखोला जलविद्युत कम्पनीले आफ्नो १५ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।
कम्पनी सञ्चालक समितिको शुक्रबार (जेठ २६ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो असार २२ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको नयाँबानेश्वरस्थित अर्पण ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभाले चुक्तापुँजीको १.१.५ अनुपात अर्थात १५० प्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। हकप्रद सेयर जारीका लागि कम्पनीको पुँजीगत संरचनामा वृद्धि गर्ने अर्को विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ।
सभाले गणेश हाइड्रोपावरले आफूले प्रवर्द्धन गर्न लागेको २० मे.वा. क्षमताको आँखुखोला–२ जलविद्युत आयोजनामा कम्पतीमा ६० प्रतिशत लगानी गर्न सञ्चालक समितिले गरेको सम्झौता पारित गर्नेछ।
सोही जलविद्युत आयोजनामा ६० प्रतिशत र बैंकको ऋण भुक्तानीका लागि कम्पनीले हकप्रद जारी गर्न लागेको हो।
सभाले आर्थिक वर्ष २०७८–७९को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पारित गर्नेछ।
वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले असार ३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ जेठ ३२ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको सभामा भाग लिन पाउनेछन्।
54 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
3 hours ago
3 hours ago
3 hours ago
4 hours ago