काठमाण्डौ । काठमाडौंको पानीपोखरीस्थित केन्द्रीय कार्यालय रहेको आइएमई लिमिटेड र चुनदेवी मार्ग गणेश वस्ती महाराजगञ्ज काठमाडौंमा अवस्थित बोता मःमबीच सम्झौता भएको छ ।

सम्झौताअनुसार आइएमई प्रिभिलेज कार्डबाहक सेवाग्राहीहरूले बोता मःममा १५ प्रतिशत विशेष छुट पाउनेछन् ।

काठमाडौंमा चार(४), ललितपुरमा एक(१) र भक्तपुरमा आउँदै गरेको एक(१)सहित कुल छ(६) आउटलेट रहेको बोता मःमका सबै आउटलेटमा यो सम्झौता लागू हुनेछ ।

यो सुविधा लिन आइएमईले प्रदान गरेको आइएमई प्रिभिलेज कार्ड आउटलेटमा देखाउनुपर्नेछ । सम्झौतापत्रमा आइएमई लिमिटेडका तर्फबाट ब्यापार प्रवद्र्धन अधिकृत अविनाश श्रेष्ठ र बोता मःमको तर्फबाट अपरेशन इञ्चार्ज बिजीन प्रधानले हस्ताक्षर गरेका छन् । यो सम्झौता २०७५ साल असोज ०१ गतेदेखि दुई वर्षसम्मका लागि लागू हुनेछ।

आइएमईसँग आवद्ध सेवाग्राहीहरूलाई विभिन्न सेवामा सहुलियतपूर्ण सुविधा प्रदान गर्न सकियोस् भन्ने उद्देश्यका साथ यस्ता कार्यक्रमहरू संचालन गर्दै आएको आइएमई ग्रुपले प्रष्ट्याएको छ ।