काठमाण्डौ । आइएमईले दसैँ, तिहार, छठ र नेपाल संवतजस्ता चाडपर्वका अवसरमा ल्याएको अफरको अन्तिम नतिजा बुधबार सार्वजनिक गरेको छ।

‘आइएमई साथैमा मोबाइल हातैमा, १० लाख खातैमा’ नामक थिममा आधारित उक्त अफरको विजेता मेखलाल तामाङ बन्न सफल भएका छन। मलेसियाबाट आइएमईमार्फत रु. १४ हजार ५० रुपैयाँ पठाएका तामाङले नगद रु. १० लाख उपहारस्वरुप प्राप्त गरेका छन्।

काठमाण्डौ पानीपोखरीस्थित आइएमईको केन्द्रीय कार्यालयमा बुधबार आयोजित एक विशेष कार्यक्रमबीच आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र आइएमईका ब्रान्ड एम्बेसेडर दीपकराज गिरीले संयुक्त रुपमा सफ्टवेयर पद्धतिमा आधारित लक्की ड्रमार्फत नतिजा सार्वजनिक गरेका थिए। 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पौडेलले आइएमईले समयसमयमा ल्याउँदै आएको सेवाग्राहीमुखी अफरले नेपालमा रेमिट्यान्स आप्रवाह बढाउन महत्वपूर्ण भूमिका खेलेको बताए।, आइएमई सबैको माया र विश्वास प्राप्त ब्रान्ड भएको उल्लेख गर्दै पौडेलले यो ब्रान्ड सबैसँग जोडियोस् र सबैमा अपनत्व कायम होस् भन्ने सोचेर कम्पनीलाई पब्लिकमा लैजाने प्रक्रिया सुरु भएको जानकारी गराए। 

कार्यक्रममा ब्रान्ड एम्बेसेडर एवं वरिष्ठ कलाकार दीपकराज गिरीले नेपालका खासखास अप्ठ्याराहरुमा रेमिटेन्सले अर्थतन्त्र चलायमान गराएको स्मरण गरे। 

ग्रुपका प्रवक्ता राजु पौडेलले अफरको विषयमा चर्चा गर्दै बैंकिङ प्रणालीमार्फत रेमिट्यान्स आप्रवाह बढाउन यस्ता अफर अत्यन्तै प्रभावकारी रहेको बताए। 

यस वर्षका पर्वहरुका अवसरमा ‘आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा’ नामक थिममा आधारित स्किम सञ्चालनमा ल्याइएको थियो। उक्त अफर गत भदौ १६ गतेदेखि कात्तिक १६ गतेसम्म कुल ९ हप्ता अर्थात ६३ दिनसम्म सञ्चालनमा ल्याइएको थियो। अफरअनुसार विदेशबाट आइएमईमार्फत आएको रकम प्राप्त गर्ने सेवाग्राहीमध्ये दैनिक एकजनालाई सामसुङ मोबाइल, हरेक हप्ता आइएमई पे मोबाइल वालेट खातामा रकम प्राप्त गर्ने २ जनालाई जनही रु. २५ हजार उपहारस्वरुप प्रदान गरिने गरी व्यवस्था मिलाइएको थियो। 

त्यस्तै अफर अवधिमा एकजना भाग्यशाली विजेतालाई रु. १० लाख उपहारस्वरुप प्रदान गर्ने कार्यक्रम आज सम्पन्न भएको छ।