काठमाण्डौ । दसैँ, तिहार, छठ र नेपाल संवत् जस्ता चाडपर्वका अवसरमा रेमिटेन्स सेवाप्रदायक पहिलो एवं नेतृत्वदायी कम्पनी आइएमईले आमसेवाग्राहीलाई लक्षित गर्दै सेवाग्राहीमुखी दसैँ अफर सार्वजनिक गरेको छ।

अफरअनुसार विदेशबाट आइएमईमार्फत आएको रकम प्राप्त गर्ने सेवाग्राहीमध्ये दैनिक एकजनालाई सामसुङ मोबाइल उपहारस्वरुप प्रदान गरिनेछ। यसका साथै हरेक हप्ता आइएमई पे मोबाइल वालेट खातामा रकम प्राप्त गर्ने २ जनालाई जनही रु. २५ हजार उपहारस्वरुप प्रदान गरिनेछ। त्यस्तै अफर अवधिमा एक जना भाग्यशाली विजेतालाई रु. १० लाख उपहारस्वरुप प्रदान गरिनेछ। 

काठमाण्डौको पानीपोखरीस्थित आइएमइर्को केन्द्रीय कार्यालयमा बुधवार फेसबुक लाइभमार्फत उक्त अफर सार्वजनिक गरिएको हो। अफर सार्वजनिक कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, ब्रान्ड एम्बेसेडर दीपकराज गिरी, आइएमई ग्रुपका भाइस प्रेसिडेन्ट रुद्रराज पौडेललगायत ग्रुपमा कार्यरत कर्मचारीको उपस्थिति थियो।

कार्यक्रममा अध्यक्ष ढकालले आइएमईले आफ्नो स्थापनादेखि नै यस्ता अफर ल्याउँदै आएको स्मरण गर्दै यस्ता अफरले सेवाग्राही, व्यावसायिक साझेदार र कम्पनीवीचको त्रिपक्षीय सम्बन्धलाई मजबुत बनाउने बताए। ‘देशको आर्थिक क्रियाकलापमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण छ भन्ने कुरा अहिले आएर झनै प्रस्ट भएको छ’, उनले भने, ‘त्यसैले विदेशबाट आउने रेमिटेन्स बढाउन हामी सबैले अ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्छ। रेमिट्यान्स आप्रवाहलाई बढाउन, रेमिटेन्स पठाउँदा औपचारिक माध्यमबाट नै पठाउन यस्ता अफरको आवश्यकता पर्दछ।’

एक फरक प्रसंगमा अध्यक्ष ढकालले गैरआवासीय नेपाली संघसँगको सहकार्यमा निर्माण सम्पन्न भएको २७ मेगावाट क्षमताको दोर्दी खोलाको विद्युतीय उत्पादन हिजोमात्र राष्ट्रिय प्रसारण केन्द्रमा जोडिएकोमा प्रसन्नता व्यक्त गर्दै विदेशबाट आउने रेमिट्यान्सलाई यस्तै संघसंस्थासँग सहकार्य गरी उत्पादनशील क्षेत्रमा आकर्षित गर्न आइएमई ग्रुप तयार रहेको जानकारी दिए। 

कार्यक्रममा ब्रान्ड एम्बेसेडर गिरीले सधैँजस्तो यसपटक पनि आइएमईको अफरमा सहभागी हुन् आम सेवाग्राहीलाई आग्रह गरे। भाइस प्रेसिडेन्ट रुद्रराज पौडेलले सधैं आमसेवाग्राहीलाई सरल, सुलभ र विश्वस्तरीय रेमिट्यान्स सेवा प्रदान गर्न आइएमई प्रतिबद्ध रहेको बताउँदै चाडपर्वको समयमा रेमिट्यान्स आप्रवाह बढ्ता हुने हुँदा समयमै झन्झटरहित ढंगले रेमिटेन्स सेवा दिन कम्पनीले त्यहीअनुरुपको तयारी पूरा गरेको बताए। 

कुल ८२ जना सेवाग्राही प्रत्यक्ष लाभान्वित हुने यस अफर ‘आइएमई साथैमा, मोबाइल हातैमा र १० लाख खातैमा’ भन्ने मुख्य थीममा आधारित हुनेछ। यो अफर भोलि भदौ १६ गतेदेखि आउँदो कात्तिक १६ गतेसम्म कुल ९ हप्ता अर्थात ६३ दिन कायम हुनेछ।

यस सम्बन्धि विस्तृत जानकारीका लागि आइएमईको आधिकारिक वेभ पेज, केन्द्रीय कार्यालय, विदेशस्थित सम्पर्क कार्यालय, नेपालका सम्पूर्ण क्षेत्रीय सम्पर्क कार्यालयका अतिरिक्त सम्पूर्ण व्यावसायिक साझेदारसँग उपलब्ध हुनेछ। अफरलाई व्यवस्थित ढंगले सञ्चालन गर्नका लागि कम्पनीले सञ्चालन गरेका सेवा र सर्तहरूको अक्षरस पालन गर्नु गराउनुपर्नेछ।

अफर अवधिका विजेता सिस्टममा आधारित लक्कीड्रमार्फत सार्वजनिक गरिनेछ भने नतिजा कम्पनीका आधिकारिक सामाजिक सञ्जाल पेजहरु तथा मिडियामार्फत सार्वजनिक गरिनेछ।

आफ्नो स्थापनादेखि नैे रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्याउन प्रतिबद्व आइएमईले सेवा शुभारम्भको २१औँ वर्षसम्ममा नेपालका सहरी तथा ग्रामीण क्षेत्रलाई समेट्ने गरी २२५ आइएमई सेन्टरसहित ७७ जिल्लाका करिब १२ हजार सबएजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत विदेशमा कार्यरत नेपालीले दुःख गरी कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आइरहेको छ। 

‘आइएमई पे’ आइएमई ग्रुपअन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो। नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली–२०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालका माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो। यस्तो अनुमति पाउने आइएमई डिजिटल देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो।

आइएमई डिजिटलले ‘आईएमई पे’ ब्रान्डअन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउनेछ र यसको मद्दतबाट सेवाग्राही आफैँले अथवा एजेन्टहरुको सहयोग लिएर मोबाइल मार्फत् विभिन्न किसिमका भुक्तानी सम्बन्धी कार्य गर्न सक्नेछन् । यसले व्यक्ति–व्यक्तिबीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरुमा क्यूआरमार्फत भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरयासी तथा कार्यालयका बिलहरु भुक्तानीमा सेवा प्रदान गर्दै आइरहेको छ। आइएमई डिजिटलले बैंकको सुविधाबाट वञ्चित तथा न्यून बैंकिङ सुविधा प्राप्त नेपालीलगायत सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरुको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्याउने लक्ष्य लिएको छ। मोबाइल वालेटमा ब्याज र क्यास ब्याकको पनि सुविधा उपलब्ध छ। विभिन्न प्रकारका बि भुक्तानी एवं जुनसुकै बैंकका खातामा रकम पठाउन मिल्ने आइएमई पे वालेटको अर्को महत्वपूर्ण विशेषता हो।