काठमाण्डौ । स्थापनादेखि नै चाडपर्वलाई लक्षित गरी विभिन्न सेवाग्राहीमूखी प्रवद्र्धनात्मक क्रियाकलाप संचालन गर्दै आइरहेको आईएमईले यसपटकको दशैं, तिहार र छठपर्वलाई लक्षित गरी ‘आईएमई छक्का–पञ्जा’ अफर सार्वजनिक गरेको छ। 

भद्र १२ गतेदेखि मङ्सिर ३ गतेसम्म १२ हप्ता संचालन हुने सेवाग्राहीमूखी प्रवद्र्धनात्मक कार्यक्रममा देश विदेशका लाखौं सेवाग्राही सहभागी हुन सक्नेछन् । 

यो योजना अवधिभर दैनिक लक्की ड्रबाट छनौट हुने ६० जनालाई १०० रुपैयाँ बराबरको आईएमई पे क्यास, हरेक पन्ध्र/पन्ध्र दिनमा १/१ जना भाग्यशाली सेवाग्राहीलाई ६ लाखको जीवन बीमा र हरेक छ/छ हप्तामा १/१ जना भाग्यशाली सेवाग्राहीलाई १० लाख रुपैयाँ नगद प्रदान गरिनेछ ।

यस योजना अन्तर्गत अन्तर्राष्ट्रिय/आन्तरिक कारोबारको हकमा पैसा पठाउने सेवाग्राही मध्येबाट ट्रान्जेक्शन नम्बर र नामका आधारमा विजेता छानिनेछन् । अन्तर्राष्ट्रिय कारोबारको हकमा विजेताले इच्छाएको नेपालमा बस्ने आफन्तलाई पुरस्कार प्रदान गरिनेछ ।

यस योजनामा आईएमई गर्ने सम्पूर्ण सेवाग्राही सहभागी हुन सक्ने कम्पनीले जनाएको छ । यद्यपि, आईएमईमा कार्यरत कर्मचारी, संस्थापक, एजेन्ट संचालक तथा आईएमई सम्बद्ध कुनै पनि व्यक्ति यो योजनामा सहभागी हुन पाउने छैनन् ।

जीवन बीमा प्राप्त गर्ने विजेताले सम्बन्धित बीमा कम्पनीद्वारा निर्धारित नियम तथा शर्तहरु पालना गर्नुपर्नेछ । आईएमईका जुनसुकै एजेन्ट संजालमार्फत् रेमिटेन्स कारोबार गरेका भौचर कपी योजना घोषणा अवधिसम्म सुरक्षित राख्नुपर्नेछ । 

स्थापनादेखि नैे रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्याउने उद्देश्य बोकेको यो कम्पनीले १७ वर्षसम्म नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी  १५५ आईएमई सेन्टरसहित ७५ जिल्लाका ६,४०० सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।