काठमाण्डौ। आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले थप दुई सेवाको सुरुआत गरेको छ। 

आज आयोजित पत्रकार सम्मेलनमा कम्पनीका अध्यक्ष हेमराज ढकालको सापतित्व, बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालको प्रमुख आतिथ्य तथा आईएमई गु्रपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडलसहित कम्पनीका सञ्चालक समितिका पदाधिकारी, स्पार्क अटोकेयर प्रालिका अध्यक्ष रोशन घिमिरे, कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ तथा पदाधिकारी, विभिन्न सञचार माध्यामका पदाधिकारी तथा प्रतिनिधिलगायतको उपस्थितिमा थप दुई सेवाको शुभारम्भ गरिएको हो। 

थप दुई सेवा यस्ता छन्–

१. आईजीआई हेल्थप्लस बीमालेख

तपाइँ र तपाइँको परिवारको स्वास्थ तपाइँका लागि सर्वोपरी महत्वको विषय हो। आफ्ना परिवारहरुको स्वास्थप्रतिको संवेदनशीलता र चासो दिनप्रतिदिन बढिरहेको छ। यसलाई मध्येनजर राखी आइएमई जनरल इन्स्योरन्सले दुर्घटना, स्वास्थ तथा घातक रोगका लागि एउटै छाताभित्र समेट्ने गरी आईजीआई हेल्थप्लस बीमालेख ल्याएको छ। यस बीमालेखअन्तर्गत परिवारको सम्पूर्ण सदस्यहरुको एउटै बीमालेख अन्तर्गत दुर्घटना बीमा, औषधोपचार बीमा र घातकरोग बीमा समावेश गरिएको छ।

क. दुर्घटना बीमा : यस बीमालेखअन्तर्गत बीमलेखको अवधिभर कुनै पनि समयमा बीमित सदस्यहरुलाई कुनै बाहिरी तथा देख्न सकिने माध्यमबाट हुन गएको दुर्घटनाको प्रत्यक्ष कारणबाट मृत्यु वा कुनै शारीरिक अंगभंग हुन गएमा बीमालेखमा उल्लेखित रु. ५ लाखदेखि १५ लाख सीमासम्मको सुविधाहरु प्रदान गरिनेछ।

ख. औषधोपचार बीमा : यस बीमालेखअन्तर्गत बीमालेखको अधीनमा रही सो अवधिभर कुनै रोग लागेमा वा दुर्घटना भई शारीरिक चोटपटक लागेमा, त्यस्तो रोग र चोटपटकको उपचारका लागि अस्पताल भर्ना भई गरिने उपचार खर्च रु. १ लाखदेखि ५ लाखसम्म नगदरहित वा सोधभर्ना दुवै तरिकाबाट दावी भुक्तानी गरिनेछ।

ग. घातक रोग : यस बीमालेखअन्तर्गत बीमलेखको अधीनमा रही बीमा अवधि भित्र बीमालेखमा उल्लेखित वा कुनै प्रकारका घातक रोगका लागि करार जारी भएको ९० दिनको प्रतीक्षा अवधिपश्चात बीमित सदस्यहरुलाई कुनै घातक रोगहरु लागेको चिकित्सकबाट प्रमाणित भएमा बीमांक रकम रु. ५ लाख तुरुन्त भुक्तानी गरिनेछ।

  • परिवारको हकमा श्रीमान, श्रीमती र सन्तान समेटिनेछ। सन्तानको उमेर २ वर्षदेखि २४ वर्षसम्म, अविवाहित तथा रोजगारी नभएको हुनुपर्ने।
  • ५० बर्षभन्दा माथिका व्यक्तिको घातक रोगविरुद्धको रक्षावरणका लागि अनिवार्य मेडिकल सर्टिफिकेट पेस गर्नुपर्नेछ।
  • बीमालेख जारी गरिएको मितिले औषधोपचार बीमाअन्तर्गत ३० दिनको, घातक रोगका लागि ९० दिनको र Maternity का लागि ९ महिनाको Waiting Period लाग्नेछ। 
  • औषधोपचार बीमालेखअन्तगर्र्त नेपाल र चिकित्सकको परामर्शमा भारतमा उपचार गर्न सकिनेछ।
  • यस बीमालेखअन्तर्गत हुलदंगा, हड्ताल, नागरिक उपद्रव, द्वेशपूर्ण कार्य, आतंकवाद तथा विध्वंसात्मक कार्यजस्ता क्रियाकलापबाट हुन सक्ने दुर्घटना पनि समाबेश गरिएको छ।
  • यस बीमालेखअन्तर्गत दाबी भुक्तानी गर्दा नगदरहित वा सोधभर्ना दुवै तरिकाबाट दाबी भुक्तानी गरिनेछ।

२. आईजीआई इजी क्यासलेस क्लेम सेटलमेन्ट (आईजीआई ईसीसीएस) : यो सेवा हाललाई काठमाण्डौ उपत्यकाभित्र लागू हुनेछ। कम्पनीबाट आफ्ना निजी सवारीसाधनहरुको बीमा गरेका ग्राहकले कुनै पनि किसिमको दुर्घटना परी सवारीसाधनको क्षति भएमा गुहेश्वरी मार्गस्थित स्पार्क अटोकेयर प्राइभेट लिमिटेडको सहकार्यमा निम्नानुसारको सहज सेवा प्राप्त गर्न सक्ने गरी यो सेवा शुभारम्भ गरिएको छ। यस अवसरमा स्पार्क अटोकेयरका अध्यक्ष रोशन घिमिरे तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरी सेवाको सुरुआत गरेका छन्। 

कम्पनीबाट बीमा भएको चारपांग्रे निजी सवारीसाधनको दुर्घटना हुन गई सवारीसाधन क्षति हुन गएमा वा तेस्रो पक्षको निजी सवारीसाधन क्षतिग्रस्त भई मर्मतसम्भार गर्नुपर्ने भएमा स्पार्क अटोकेयरको मर्मत केन्द्रमा उक्त क्षतिग्रस्त सवारीसाधन मर्मतसम्भारका लागि लगिएमा, सो मर्मतसम्भारबापत लाग्ने खर्च बीमा कम्पनीले स्पार्क अटोकेयरलाई सीधै भुक्तानी गरी लामो दाबी प्रक्रियालाई सहज, सरल र झन्झटमुक्त बनाउने उद्देश्यले यो सम्झौता गरिएको छ।

क) You Register :

आईएमई जनरल इन्स्योरेन्सले उपलब्ध गराएको मोबाइल नम्नरमा फोन, SMS, Viber, WhatsApp मार्फत दुर्घटनाको जानकारी  गराउन सकिनेछ। यसको विवरण कम्पनीको Website and Facebook Page मा उपलबध रहनेछ।

ख) We Pickup: 

क्षतिग्रस्त सवारीसाधनलाई दुर्घटनास्थलबाट गुहेश्वरीस्थित स्पार्क अटोकेयर प्रालिको सर्भिस सेन्टरसम्म तानेर लानुपर्ने भएमा कम्पनीलाई जानकारी प्राप्त भएको २४ घन्टभित्र स्पार्क अटोकेयरले आफ्नै खर्चमा क्षति भएको सवारीसाधनलाई मर्मतका लागि लिएर जानेछ।

ग) You Relax:

सवारीसाधन सर्भिस सेन्टरमा पुर्याएपश्चात स्पार्क अटोकेयरबाट दुर्घटनाग्रस्त सवारीको जाँच गरी सवारीधनीलाई कुन मितिमा सवारीसाधन फिर्ता गर्ने सो मितिको जानकारी दिइनेछ। मर्मतसम्भारपश्चात बीमालेखमा तोकिएको सीमासम्मको रकम कम्पनीले सीधै सर्भिस सेन्टर कम्पनीलाई भुक्तानी गर्नेछ भने सीमाभन्दा माथिको रकम सम्बन्धित सवारीधनीले भुक्तानी गर्ने गरी सोको जानकारी सम्बन्धित सावारीधनीलाई गराइनेछ। साथै, मर्मतको दौरानमा सवारीधनीलाई सवारीसाधनको मर्मतको यथास्थितिको जानकारी स्पार्क अटोकेयरबाट भई रहनेछ। 

घ) We Deliver:

मर्मत भई तयार भएको सवारीसाधन स्पार्क अटोकेयरले आफैँले काठमाण्डौ उपत्यकाभित्र सवारीधनीको घरसम्म पुर्याउने व्यवस्था मिलाइएको छ।

यसरी सहज र सरल रुपमा निजी सवारीधनीले नगदसहित दाबी सेवा प्राप्त गर्न सक्नेछन्।