काठमाण्डौ । नेपाल व्यवस्थापन संघले आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) युगेशभक्त बादे श्रेष्ठलाई 'आउटस्ट्यान्डिङ म्यानेजमेन्ट अवार्ड–२०२२' बाट सम्मानित गरेको छ। 

संघद्वारा चैत २६ गते काठमाण्डौमा आयोजित एक कार्यक्रममा श्रेष्ठले उक्त अवार्डबाट सम्मान गरिएको हो। कार्यक्रममा श्रेष्ठले संघलाई धन्यवाद दिँदै कम्पनीको उपलब्धिमा आ-आफनो क्षेत्रबाट सहयोग तथा साथ दिई महत्वपूर्ण योगदान पुर्याउने सम्पूर्ण ग्राहक, सेयरधनी, कर्मचारी, नियामक निकाय, सञ्चार जगतलगायत सबैमा कृतज्ञता व्यक्त गरे। 

कार्यक्रममा श्रेष्ठले यो सम्मानबाट आफूलाई थप हौसला प्राप्त भएको र आगामी दिनमा कम्पनीले प्रदान गर्ने सेवालाई अझै परिस्कृत गर्दै डिजिटल माध्यमबाट समेत सहज र सरल रुपमा सेवा प्रदान गर्ने जानकारी दिए। श्रेष्ठले आफू जहिले पनि समूहमा विश्वास गर्ने भएको हुनाले आगामी दिनहरुमा पनि यसरी नै सबै क्षेत्रबाट साथ र सहयोग प्राप्त भई नेपालको निर्जीवन बीमा क्षेत्रमा एक अग्रणी बीमा कम्पनीका रुपमा आइएमई जनरल इन्स्योरेन्स अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे। 

आइएमई जनरल इन्स्योरेन्सलाई अमेरिकाको इन्टरनेसनल ब्रान्ड कन्सल्टिङ कर्पोरेसन (आईबीसी)ले एसियाज् मस्ट ट्रस्टेड कम्पनी अवार्ड २०१९ र वर्ल्ड एचआरडी कंग्रेसले एसियाज बेस्ट इम्प्लोयर ब्रान्ड अवार्ड २०२१ बाट समेत सम्मानित गरेको थियो।