काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको अवितरित हकप्रद सेयर लिलामीमार्फत बिक्री गरिने भएको छ। 

कम्पनीले गत फागुन २२ गतेदेखि चैत १३ गतेसम्म प्रति सेयर रु.१०० अंकित दरका ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद सेयर  निष्कासन गरेको थियो।

कुल निष्कासनमध्ये रितपूर्वक आवेदन दिएका १३ हजार ६८९ आवेदकलाई ४५ लाख ३९ हजार १४९ कित्ता हकप्रद सेयर चैत २८ गते बाँडफाड गरिएको छ।

हकप्रद निष्कासनका क्रममा बिक्री नभएका ९१ लाख १९५ हजार कित्ता सेयर लिलामीमार्फत बिक्री गरिने भएको हो।  

आफ्नो हकभन्दा बढी हकप्रद सेयरका लागि आवेदन गरी बाँडफाँडमा नपरेका सेयरधनीहरुको सेयरबापतको रकम भुक्तानी वैशाख २ गतेदेखि आवेदन फारममा उल्लेख गरेको बैंक खातामा आईपीएसमार्फत सिधै रकमान्तर गरिने कम्पनीले जनाएको छ।