काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। 

वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म कम्पनीले ५२ करोड ७६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ। जुन गत वर्षको यही अवधिसम्मको तुलनामा १.८१ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म कम्पनीको खुद बीमाशुल्क आर्जन ५१ करोड ८२ लाख रुपैयाँ थियो। 

तेस्रो त्रैमाससम्म कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आयबापत ३ करोड १६ लाख रुपैयाँ आर्जन गरेको छ। जुन रकम गत वर्षको यही अवधिसम्मको ३३.४८ प्रतिशतले कम हो। गत वर्षको सोही अवधिसम्म यस्तो आय ४ करोड ७६ लाख रुपैयाँ थियो। 

समीक्षा अवधिसम्म कम्पनीले २२ करोड १४ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। गत कम्पनीले १९ करोड ८३ लाख रुपैयाँ थियो। यो हिसाबले कम्पनीको दाबी भुक्तानी ११.६४ प्रतिशतले बढेको छ। 

यो अवधिसम्ममा कम्पनीको खुद नाफा १०.८४ प्रतिशतले घटेको छ। समीक्षा अवधिसम्म कम्पनीले १६ करोड ८१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। जब कि गत वर्ष कम्पनीले १८ करोड ८५ लाख नाफा आर्जन गरेको थियो। 

यो अवधिसम्म कम्पनीको बीमा कोषको आकार बढेर ५५ करोड ४५ लाख रुपैयाँ भएको छ। गत वर्ष बीमा कोषमा ४५ करोड ३२ लाख रुपैयाँको थियो। कम्पनीको जगेडा तथा कोषको आकार बढेर ३२ करोड ३९ लाख रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष जगेडामा ३० करोड २६ लाख रुपैयाँ थियो। 

गत वर्षको यही अवधिसम्म १ लाख ६ हजार २७१ बीमालेख जारी गरेको कम्पनीले समीक्षा अवधिसम्ममा ९८ हजार ६०३ बीमालेख जारी गरेको छ। 

कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १९.३६ रुपैयाँ, पीई रेसिया ३०.१३ गुणा र प्रतिसेयर नेटवर्थ १७५.८९ रुपैयाँ रहेको छ।