काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र STEM Center (Sugar, Thyroid, Endocrinology and Multispecialty Center) बीच सेवा प्रदान गर्ने सम्झौता भएको छ। 

सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र STEM Center का अध्यक्ष डा. बजरंगकुमार रौनियारले हस्ताक्षर गरेका छन्। यस सम्झौतापश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका कर्मचारी तथा ग्राहकलाई काठमाण्डौको बत्तीसपुतलीस्थित STEM Center प्राप्त हुने सेवाहरु जस्तैः Pathology Test, Radiology Test, Pharmacy, Dental tyf Ophthalmological products मा १५% सम्म छुट प्राप्त हुनेछ। 

सोही अवसरमा STEM Center बाट प्राप्त हुने Pathology को १८९ भन्दा बढी, Radiology को ८१ भन्दा बढी Dental को ३७ भन्दा बढी टेस्टलगायत अन्य सेवाहरु समेतमा १५% सम्मको छुट प्राप्त हुने हुनाले आइएमई जनरल इन्स्योरेन्सका सम्पूर्ण ग्राहकले आवश्यकताअनुसारका सेवा प्राप्त गर्न सक्ने संस्थाले जनाएको छ।

यसका साथै सोही अवसरमा आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले STEM Center सँग आबद्ध लगानीकर्ता, कर्मचारी तथा ग्राहकलाई आवश्यक पर्ने निर्जीवन बीमासम्बन्धी सम्पूर्ण सेवाहरु आइएमई जनरल इन्स्योरेन्सबाट सहज रुपमा प्राप्त गर्न सक्ने जानकारी गराए।