काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र चिरायु नेसनल हस्पिटल एन्ड मेडिकल इन्स्टिच्युट प्रालिबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ।
सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र चिरायु नेसनल हस्पिटलका अपरेसन डाइरेक्टर चन्डेश्वर नन्दराज वैद्यले हस्ताक्षर गरेका छन्। यस सम्झौतापश्चात आइएमई जनरल इन्स्योरेन्सबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकको बीमालेखको सीमासम्म चिरायु नेसनल हस्पिटलबाट नगदरहित हस्पिटलाइजेसस सुविधा प्राप्त गर्न सकिनेछ।
यसका साथै सोही अवसरमा आइएमई जनरल इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले चिरायु नेसनल हस्पिटलले आफ्ना ग्राहकलाई आइएमई जनरल इन्स्योरेन्ससँग आईजीआई औषधोपचार बीमालेख खरिद गरी अस्पतालसँग बीमालेखको सीमासम्म नगदरहित हस्पिटलाइजेसन सेवा लिन उत्प्रेरित गर्ने अपेक्षा राख्दै अस्पताल र अस्पतालसँग आबद्ध सदस्यहरुलाई औपाधोपचारलगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइएमई जनरल इन्स्योरेन्सबाट प्राप्त गर्नसक्ने हुनाले ढुक्क भएर सेवा लिन आग्रह गरे।
18 minutes ago
54 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
14 hours ago