काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र काठमाण्डौको महाराजगन्जस्थित काठमाण्डौ प्याथ ल्याब र डाग्नोस्टिक सेन्टरबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ।
सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र काठमाण्डौ प्याथ ल्याबका प्रमुख कार्यकारी अधिकृत पुष्प लामिछानेले हस्ताक्षर गरेका छन्। यस सम्झौतापश्चात आइएमई जनरल इन्स्योरेन्सका कर्मचारी, सेयरधनी तथा ग्राहकलाई काठमाण्डौ प्याथ ल्याबमा प्राप्त हुने सबै किसिमका सेवामा आकर्षक छुट प्राप्त हुनेछ। यसले आइएमई जनरल इन्स्योरेन्सका सम्पूर्ण कर्मचारी, लगानीकर्ता तथा ग्राहकले आवश्यकताअनुसारका सेवा प्राप्त गर्न सक्ने संस्थाले जनाएको छ।
यसका साथै सोही अवसरमा आइएमई जनरल इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले काठमाण्डौ प्याथ ल्याबसँग आबद्ध लगानीकर्ता, कर्मचारी तथा ग्राहकलाई आवश्यक पर्ने निर्जीवन बीमासम्बन्धी सम्पूर्ण सेवाहरु आइएमई जनरल इन्स्योरेन्सबाट सहज रुपमा प्राप्त गर्न सक्ने जानकारी गराएका छन्।
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago
12 hours ago