काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ललितपुरको हरिसिद्धस्थित नेपाल क्यान्सर हस्पिटललाई आर्थिक सहयोग प्रदान गरेको छ। 

एक कार्यक्रमबीच कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत  शरण रेग्मीले नेपाल क्यान्सर हस्पिटलका प्रमुख कार्यकारी अधिकृत डा. बच्चु कैलाश कैलीलाई चेक हस्तान्तरण गरेका हुन्।

नेपाल क्यान्सर हस्पिटलले कमजोर आर्थिक स्थिति भएका क्यान्सर रोगी बिरामीहरुको निःशुल्क रुपमा उपचार गरिरहेको छ। अस्पतालबाट आर्थिक रुपले विपन्न नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई क्यान्सरजस्तो घातक रोग लाग्दा निःशुल्क रुपमा उपचार गर्ने कार्य गरेकोमा नेपाल क्यान्सर हस्पिटलका सेयरधनी तथा व्यवस्थापन समूहलाई कम्पनीले धन्यवाद दिँदै यस्तो पूण्य कार्यमा आइएमई जनरल इन्स्योरेन्सका तर्फबाट सानो आर्थिक सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरेको छ।