काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र इशान चिल्ड्रेन एन्ड वुमन्स हस्पिटल प्रालिबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ।

सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी  र इशान चिल्ड्रेन एन्ड वुमन्स हस्पिटलका हस्पिटल डाइरेक्टर रामनन्दनप्रसाद चौधरीले हस्ताक्षर गरेका थिए। 

यस सम्झौतापश्चात आइएमई जनरल इन्स्योरेन्सबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकको बीमालेखको सीमासम्म इशान चिल्ड्रेन एन्ड वुमन्स हस्पिटलबाट नगदरहित हस्पिटलाइजेसन सुविधा प्राप्त गर्न सकिनेछ। 

यसका साथै सोही अवसरमा आइएमई जनरल इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले इशान चिल्ड्रेन एन्ड वुमन्स हस्पिटलले आफना ग्राहकलाई आइएमई जनरल इन्स्योरेन्ससँग आईजीआई औषधोपचार बीमालेख खरिद गरी अस्पतालसँग बीमालेखको सीमासम्म नगदरहित हस्पिटलाइजेसन सेवा लिन उत्प्रेरित गर्ने अपेक्षा राख्दै अस्पताल र अस्पतालसँग आबद्ध सदस्यहरुलाई औपाधोपचारलगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइएमई जनरल इन्स्योरेन्सबाट प्राप्त गर्नसक्ने हुनाले ढुक्क भएर सेवा लिन आह्वान गरे।