काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी मर्जरमा जाने भएका छन् । 

दुई संस्थाबीच एकआपसमा गाभ्ने\गाभिने सम्बन्धी प्रारम्भिक सम्झौता पत्रमा माघ २७ गते शुक्रबार नेपाल बीमा प्राधिकरणको कार्यालयमा अध्यक्षको समुपस्थितिमा दुवै कम्पनीका संचालक समितिका अध्यक्ष लगायत संचालक र प्रमुख कार्यकारी अधिकृतहरुको उपस्थितिमा सम्झौता भएको हो । 

सम्झौतामा यस कम्पनीका संचालक तथा मर्जर समितिका संयोजक अम्बिकाप्रसाद पौडेल र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट संचालक तथा मर्जर समितिका संयोजक अमित अग्रवालले हस्ताक्षर गरे । 

नेपाल बीमा प्राधिकारणबाट जारी भएका निर्देशनहरु तथा नीति, नियमहरुको पालना गर्दै बीमा क्षेत्रमा बढदै गएको तिव्र प्रतिस्पर्धा तथा अवसरहरुलाई ध्यानमा राखी एक सवल र सक्षम बीमा कम्पनीको रूपमा स्थापित भई दिर्घकालसम्म अझ उन्नत स्तरको निर्जीवन बीमा सेवा प्रदान गर्नका लागि दुई कम्पनीहरूको अन्तर्राष्ट्रिय, राष्ट्रिय तथा स्थानिय पहुँच, अनुभव र क्षमतालाई बढी भन्दा बढी प्रभावकारी बनाउदै आफ्ना शेयरधनीहरूलाई समायानुकुल उचित प्रतिफल प्रदान गर्ने उद्देश्यले एक आपसमा गाभ्ने÷गाभिने सहमति सहित प्रारम्भिक सम्झौता सम्पन्न भएको हो । 

सम्झौता अनुसार दुवै कम्पनी एकआपसमा गाभिएपश्चात बन्ने कम्पनीको नाम आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड रहनेछ । 

मर्जर सम्बन्धी प्रस्ताव दुवै कम्पनीको आगामी विशेष साधारणसभामा लगिनेछ । दुवै कम्पनीका बीचमा भएको प्रारम्भिक सहमति एव  डिडिए रिपोर्टका आधारमा  आईएमई जनरल इन्स्योरेन्स लि.र श्री प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर अनुपात क्रमश १ः१ कायम रहने गरी सम्झौता भएको बताइएको छ ।