काठमाण्डौ । आइएमई जनरल इन्स्योेरेन्स लिमिटेडले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस(कोभड(१९) को असर र काठमाण्डौं उपत्यका लगायत देशको मुख्य मुख्य शहरहरुमा स्थानीय प्रशानले निषेधाज्ञा जारी गरेको यस विषम परिस्थितिमा पनि आफ्ना अभिकर्ताहरुलाई भर्चुअल तालिम को आयोजना गरेको छ ।

कम्पनीले गत भाद्र १० गते देखि १२ गतेसम्म निर्जिवन बीमाको विविध क्षेत्रलाई समेटेर अभिकर्ताहरुलाई प्रशिक्षण प्रदान गरेको छ । कम्पनीका विभागीय प्रमुखहरु देखि उच्च पदस्थ पदाधिकारीहरुले समेत प्रशिक्षण प्रदान गराएका थिए । उक्त प्रशिक्षण कार्यक्रममा ५५ जना भन्दा बढी व्यक्तिहरुको सहभागिता रहेको कम्पनीले जनाएको छ ।

यस प्रशिक्षण पश्चात अभिकर्ताहरुले बजारबाट बीमाको बजारीकरण गरेर आफनो आम्दानीको श्रोत बढाउन सक्ने र आफूलाई फ्रिल्यान्सर रोजगारीको रुपमा स्थापित गरी आय आर्जन गर्न सक्ने पनि कम्पनीले जनाएको छ ।