काठमाण्डौ । आइएमई पेले डिशहोम नकआउट ३०० अफर सार्वजनिक गरेको छ।

यस अफरअन्तर्गत ग्राहकले डिशहोमको वर्ल्डकप प्याकेज मात्र रु. ३०० मा आइएमई पे एपबाट खरिद गर्न सक्नेछन्। 

ग्राहकले उक्त प्याकेजको भुक्तानी गर्दा एउटा प्रोमो कोड “KNOCKOUT” प्रयोग गर्नुपर्ने हुन्छ। जसमार्फत ग्राहकले वर्ल्डकप प्याकेजको पूर्ण मूल्य रु. ५६५ तिर्दा रु. २६५ क्यासब्याकस्वरुप फिर्ता प्राप्त गर्न सक्नेछन्। 

यो अफर सीमित अवधिका लागिमात्र लागू हुने कम्पनीले जनाएको छ। यस अफरमार्फत पहिलो ३०० ग्राहकले मात्र सो प्याकेज क्यासब्याकमा खरिद गर्न सक्ने कम्पनीले स्पष्ट पारेको छ। 

आइएमई पेका बारेमा 

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्घित आइएमई पे मोबाइल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो। आइएमई पे आइएमई ग्रुपअन्तर्गतको डिजिटल वित्तीय सेवा प्रदायकअन्तर्गतको एक उत्पादन हो। नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट  विनियमावली, २०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालका माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो। 

आइएमई पे मोबाइल वालेटमार्फत सेवाग्राही आफैँले अथवा एजेन्टहरुमार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरु गर्न सक्नेछन्। यसले व्यक्ति–व्यक्तिबीचमा हुने सामान्य रकम ट्रान्स्फर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरुमा क्यूआर स्क्यान गरी भुक्तान गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिलहरु भुक्तानी गर्न मिल्ने सेवा प्रदान गर्दै आइरहेको छ। यस मोबाइल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरुको पनि सुविधा उपलब्ध छ। 

आइएमई डिजिटल सोलुसनले बैंकको सुविधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरुको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्याउने लक्ष्य लिएको छ। २० लाखभन्दा बढी ग्राहकलाई सीधै मोबाइल वालेट एप तथा एजेन्टहरुमार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल छ।