काठमाण्डौ । आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित आइएमई पे र एससीटीद्वारा सञ्चालित स्मार्ट क्यूआरबीच साझेदारीसम्बन्धी सम्झौता भएको छ। 

सम्झौताअनुरुप बीगमार्ट सुपर मार्केटको सम्पूर्ण आउटलेटमा विशेष रुपमा आइएमई पे एपमार्फत स्मार्ट क्यूआर स्क्यान गर्दा प्रयोगकर्ताले १५% छुट (अधिकतम रु. ३०० सम्म) पाउन सक्नेछन्। 

डिजिटलाइज नेपालतर्फ सँगै अगाडि बढ्ने संकल्प व्यक्त गर्दै यस योजनाका लागि आइएमई पे र स्मार्ट क्यूआरले सहकार्य गरेका हुन्। यी कम्पनीहरुले यो योजनाले प्रयोगकर्ताको व्यापक दायरालाई डिजिटल भुक्तानी विधिहरुतर्फ लाग्न प्रोत्साहित गर्ने विश्वास राखेको छ।

साझेदारी अवधिभर निश्चित नियम र सर्तहरुअन्तर्गत प्रत्येक प्रयोगकर्ताले १५% छुट (अधिकतम रु. ३०० सम्म) प्राप्त गर्न सक्ने र सोही अवधिभर प्रत्येक लेनदेन मा प्रयोगकर्ताले जम्मा रकम रु. २ हजार ५०० सम्मको छुट प्राप्त गर्न सक्नेछन्।