काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले १० बराबर ८ को अनुपातमा हकप्रद सेयर निश्कासन गर्ने भएको छ । 

यो बिमा कम्पनीको असोज १० गते सम्पन्न २० औं वार्षिक साधारणसभाले पूँजीवृद्धिको उद्देश्यले हकप्रद निश्कासनको निर्णय गरेको थियो । 

हकप्रद निश्कासनकै लागि यो कम्पनीले ग्लोवल आइएमई क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ । सो सम्बन्धी सम्झौता पत्रमा पुस ३ गते सोमबार हस्ताक्षर भएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

सम्झौतापत्रमा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र ग्लोबल आइएमई क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालले हस्ताक्षर गरे । 

प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले ८० प्रतशित हकप्रद शेयरको निष्काशन पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको चुक्तापूंजी रु. ९७ करोड २० लाख पुग्नेछ र त्यसपछि बोनस शेयर दिई कम्पनीले आफनो चुक्ता पूंजी रु.१ अरब २ करोड ६ लाख पुर्याउने योजना बनाएको छ । 

कम्पनीले गुणस्तरीय सेवामा वृद्धि गर्दै ग्राहक महानुभावरुलाई चुस्त सेवा प्रदान गर्नको लागि ७ वटै प्रदेशमा शाखा सञ्जाल विस्तार गर्दै आएको छ । हाल कम्पनीको प्रधान कार्यालय सहित २६ वटा शाखा तथा सम्पर्क कार्यालयहरु साथै १० वटा सेवा काउण्टरहरु रहेका छन् । कम्पनीले निकट भविष्यमै थप १६ शाखा तथा सम्पर्क कार्यलयहरु थप्ने योजना बनाएको श्रेष्ठले जानकारी दिए ।