काठमाण्डौ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको ब्राण्ड एम्बासडरमा देश तथा विदेशमा ख्यातिप्राप्त नेपाली सेलिब्रेटी नायिका मनिषा कोइराला नियुक्त भएकी छिन् ।
यस सँगै अब कोइराला आईएमई लाइफ जीबन बीमाको ब्राण्ड दुतको भूमिकामा रहने छिन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँल र नायिका मनिषा कोइरालाले हालै राजधानी काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमका वीच सम्झौतापत्रमा हस्ताक्षर गरे ।
अग्रणी एवं जीवन्त सेलिब्रेटी कोइरालाले आईएमई लाइफको ब्राण्ड तथा यसको मूल्य एवं मान्यतालाई सशक्त प्रतिनिधित्व गर्नेछिन । हस्ताक्षर कार्यक्रममा संक्षिप्त मन्तब्य दिँदै नायिका कोइरालाले मानव जगतमा जीवन बीमाको निक्कै ठूलो महत्व रहेको औंल्याउँदै नेपाली जनताहरुलाई आर्थिक सुरक्षा प्रदान गरी देशैभरि छरिएर रहेको पूँजीलाई एकीकृत गरी राष्ट्र निर्माणमा टेवा पु¥याउने अवधारण बोकेको आईएमई लाइफसँग साझेदारी गर्न पाउँदा खुसी रहेको बताइन् । साथै, कम्पनीको उत्तरोत्तर प्रगतिमा आफुले उत्कृष्ट भुमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
19 minutes ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
13 hours ago
13 hours ago
13 hours ago
13 hours ago
13 hours ago