काठमाण्डौ । आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्घित ‘आइएमई पे’ले हवाई उडान टिकटमा फेरि पनि नयाँ अफर ल्याएको छ।

‘उच्च तापक्रममा उच्चतम छुट’ नामक ‘फ्ल्यास सेल’ किसिमको अफरमार्फत यात्रुहरुले मंगलबार र शनिबारको दिन दिउँसोको ३ बजेदेखि ४ बजेसम्म आइएमई पे एपबाट हवाई उडान टिकट काट्दा दैनिक हाइएस्ट क्यासब्याकका साथै थप रु. ३०० बोनस पनि प्राप्त गर्न मिल्ने प्रबन्ध मिलाएको छ।  

साधारणतया अरु वालेट एपहरुभन्दा बढी क्यासब्याक दिइरहेको आइएमई पे एपले यस अफर अवधिभरि हप्ताको २ दिन (मंगलबार र शनिबार) केवल १ घन्टाका लागि सो अफरमार्फत थप रु. ३०० बोनस यात्रुलाई प्रदान गर्ने कम्पनीले प्रस्टाएको छ। असार ७ गतेदेखि सुरु भएको यस अफरमार्फत नेपालको कुनै पनि आन्तरिक हवाई उडान सेवामा सो बोनस प्राप्त गर्न सकिन्छ। 

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्घित आइएमई पे मोबाइल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो। ‘आइएमई पे’ आइएमई ग्रुप डिजिटल वित्तिय सेवा प्रदायकअन्तर्गतको एक उत्पादन हो। नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट  विनियमावली– २०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाईल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो। 

आइएमई पे मोबाइल वालेटमार्फत सेवाग्राही आफैँले अथवा एजेन्टहरुमार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरु गर्न सक्नेछन्। यसले व्यक्ति–व्यक्ति बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुबिधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरुमा क्यूआर स्कान गरी भुक्तान गर्ने, मोबाइल रिचार्ज गर्ने, र विभिन्न घरायसी तथा कार्यालयका बिलहरु भुक्तान गर्न मिल्ने सेवा प्रदान गर्दै आइरहेको छ। 

यस मोबाइल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरुको पनि सुबिधा उपलब्ध छ। आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकको सुबिधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तिय सेवाहरुको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्याउने लक्ष्य लिएको छ। २० लाखभन्दा बढी ग्राहकलाई सीधै मोबाइल वालेट एप तथा एजेन्टहरुमार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल छ।