काठमाण्डौ । आइएमई लिमिटेडले आईपीओ निष्कासन प्रक्रिया अगाडि बढाउने भएको छ। 

आइएमईले आफ्नो २३ औँ वार्षिक साधारणसभाबाट आईपीओ जारी गर्ने अजेन्डा लैजाने भएको छ। वार्षिक साधारणबाट आईपीओ जारीको विशेष प्रस्ताव पारित गरी निष्कासनको प्रक्रिया अगाडि बढाइने कम्पनीले जनाएको छ। 

आइएमईको वार्षिक साधारणसभा आउँदो मंसिर १६ गतेका लागि डाकिएको छ। सभा काठमाण्डौको लाजिम्पाटस्थित होटेल ले हिमालयमा दिउँसो ३ बजेबाट सुरु हुनेछ। 

सभाले बोनस सेयर जारी चुक्तापुँजी वृद्धि गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ। 

सोही सभाले आर्थिक वर्ष २०७८-७९ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको २०७९ असार मसान्तको वासलात पारित गर्नेछ। 

सभाले सञ्चालक समिति गठन गर्ने सामान्य प्रस्ताव पनि अनुमोदन गर्नेछ।