काठमाण्डौ । आइएमई लिमिटेड तथा आइएमई डिजिटल सोलुसन लिमिटेडका साझेदार मित्रहरु (एजेन्टहरु) मार्फत अब हवाई यात्रुहरुले सजिलै अन्तर्राष्ट्रिय हवाई टिकट काट्न पाउने भएका छन्।
यस सेवामार्फत देशभरि छरिएर रहेका आइएमईका हजारौँ साझेदार मित्रहरुसँग (एजेन्ट्स) यात्रुहरुले सुपथ मूल्यमा अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्न सक्नेछन्।
यसका साथै साझेदार मित्रहरुले आफ्नो ‘आइएमई–एजेन्ट पोर्टल’मार्फत नै अन्तर्राष्ट्रिय हवाई टिकटको मूल्य, उडानको तालिका हेर्न तथा तुलना गर्न सक्ने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ।
यस सेवामार्फत समग्र पर्यटन उद्योगको विकास तथा प्रवर्द्धनमा टेवा पुग्ने विश्वास आइएमई ग्रुपको छ।
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago
13 hours ago