काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स(आइजीआई)ले आगामी पुस १७ गतेदेखि ८० प्रतिशत हकप्रद सेयर निश्कासन गर्ने भएको छ । 

यो बिमा कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ४३ लाख २० हजार कित्ता हकप्रद सेयर निश्कासन गर्ने भएको हो । 

मंसिर ८ गतेसम्म यो कम्पनीको सेयरधनी बनेकाहरु हकप्रद सेयर खरीदका लागि आवेदन दिन योग्य मानिनेछन् । 

हकप्रद सेयरको निश्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमीटेड हुनेछ । 

इच्छुक सेयरधनीले मेरो सेयरबाट वा सीआस्वाबाट आवेदन दिन सक्नेछन् । 

हकप्रद सेयरको पूँजीकरणपछि कम्पनीको चुक्तापूँजी बढेर ९७ करोड २० लाखको उचाईमा पुग्नेछ ।