काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स(आइजीआई) लिमिटेड र नेपाल मौरीपालन केन्द्रीय सहारी संघ लिमिटेड बिच संघसंग आवद्ध मौरीपालक कृषकहरुको मौरीको बीमा गर्ने सम्झौता भएको छ । 

उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव महाप्रबन्धक शरण रेग्मी र नेपाल मौरीपालन केन्द्रीय सहकारी संघ लिमिटेडका अध्यक्ष अर्जुन प्रसाद पोखरेलले संयुक्त रुपमा हस्ताक्षर गरे ।

यो सम्झौता पश्चात नेपाल मौरीपालन केन्द्रीय सहकारी संघ लिमिटेडसंग आवद्ध सबै मौरीपालक कृषकहरुको मौरीको बीमा हुनेछ । 

सोही अवसरमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव महाप्रबन्धक शरण रेग्मीले बीमा बजारमा मौरीको बीमा गर्ने बीमालेख भएतापनि आजसम्म खासै मौरीपालक कृषकहरुले आफना मौरीहरुको बीमा गराइनसकेकोे अवस्थामा संघसंगको सम्झौताबाट थोरै बीमा शुल्कबाट मौरीपालक कृषकहरुले आफना मौरीको बीमा गरी ढुक्कसँंग आफनो व्यावसायलाई विस्तार गर्न उत्साह पुग्ने अपेक्षा गर्दै नेपाल मौरीपालन केन्द्रीय सहकारी संघ लिमिटेडले आफना सदस्य कृषकहरुको व्यावसायिक हितलाई सदैव ध्यानमा राखी सराहनीय कार्य गरेकोमा संस्थाका अध्यक्ष लगायत संचालक समितिलाई धन्यवाद दिए ।