काठमाण्डौ । धितोपत्र बोर्डले आइएमई जनरल इन्स्योरेन्स(आइजीआई) लिमीटेडलाई ८० प्रतिशत हकप्रद निश्कासन गर्न अनुमति दिएको छ ।

यो कम्पनीले हाल कायम चुक्तापूँजीको ८० प्रतिशत हुन आउने ४३ लाख २० हजार कित्ता हकप्रद सेयर आफ्ना सेयरधनीलाई बिक्री गर्ने अनुमति पाएको हो ।

कम्पनीको हकप्रद निश्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमीटेडले गर्नेछ । 

हाल यो कम्पनीको चुक्तापूँजी ५२ करोड रुपैयाँ रहेको छ । हकप्रद सेयरपछि चुक्तापूँजी बढेर ९७ करोड २० लाखको उचाईमा पुग्नेछ । १ अर्ब पुग्न अपुग पूँजी कम्पनीले बोनस सेयर वितरण गरी पुर्याउने बताइएको छ । 

यो कम्पनीले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ८ करोड २३ लाखको हाराहारीमा खूद नाफा आर्जन गरेको थियो ।