काठमाण्डौ । आइसर मेगा सर्भिस क्याम्प सकारात्मक प्रतिक्रिया र परिणामका साथ सम्पन्न भएको छ।
नेपालभरका ११ विभिन्न स्थानबाट सञ्चालन गरिएको यस क्याम्पमा भेला भएर करिब २ हजारजनाभन्दा बढी ग्राहकले आफ्ना सवारीको सर्भिसिङमार्पmत लाभ लिएका थिए।
बतास एमएडब्लूले आइसर मेगा सर्भिस क्याम्पमा उपस्थित ग्राहकलाई ६ महिनासम्म पाट्र्समा वारेन्टी प्रदान गरेको छ। यसका साथै नियमित मर्मतसम्भारदेखि उच्च दक्ष प्राविधिक टोलीबाट अप्रत्याशित मर्मतको सुविधा पनि आइसरले आफ्नो ग्राहकलाई प्रदान गरेको छ।
बिदाको समय तथा रात्रिकालीन सेवाका लागि आपतकालीन सेवा चौबीसै घन्टा सञ्चालन हुने र उक्त सेवा लिनका लागि टोल फ्री नम्बर १६६००१११५५५ मा फोन गरी चौबिसै घन्टा सेवा लिन सकिने जानकारी क्याम्पमा गराइएको थियो।
बतास एमएडब्लूले सधैँ गुणस्तरीय सेवालाई आफ्नो उद्देश्यका रुपमा प्राथमिकता दिएको छ। व्यावसायिक सवारीसाधनका लागि उत्तम सम्भावित हेरचाह उपलब्ध गराउने प्रतिबद्धता र ग्राहकको अपेक्षा पूरा गर्ने प्रयासकै कारणले यस उद्योगले मान्यता पाएको हो।
सर्भिस क्याम्प भदौ १७ गतेदेखि भदौ २९ गतेसम्म चलेको थियो।
7 minutes ago
17 minutes ago
40 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
3 hours ago