काठमाण्डौ। सूचना तथा सञ्चार प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डका रुपमा परिचित ‘आइसिटी अवार्डको २०२१’ को ग्रान्ड फिनाले पुस २ गते शुक्रबार हुँदैछ। 

छैटौँ संस्करणको आइसिटी अवार्डको पावर्ड बाई स्पोन्सरमा डिशहोम फाइबरनेटले सहकार्य गरेको छ। आइसिटी अवार्ड २०२१ का विजेताहरुले नेपालको सबैभन्दा ठूलो र प्रतिष्ठित आइसिटी अवार्डको सम्मान प्राप्त गर्नेछन् भने डिशहोम फाइबरनेटले विजेता १५ जनालाई २५ एमबीपीएस इन्टरनेट प्रदान गर्नेछ।

आइसिटी अवार्ड २०२१ मा स्टार्टअप तथा इन्नोभेसन अन्तर्गत ह्वावे स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड र पब्लिक च्वाइस आइसिटी अवार्ड २०२१ विधाहरु समावेश भएका छन्। व्यक्तिलाई प्रदान गरिने अवार्डहरुमा आन्टरप्रेनर आइसिटी अवार्ड, नेपाली डायस्पोरा आइसिटी अवार्ड, नेपाल बैंक पायोनियर आइसिटी अवार्ड र एनसेल वुमन आइकन आइसिटी अवार्ड विधाहरु रहेका छन्। 

संस्थाहरुलाई प्रदान गरिने अवार्डहरुमा डिजिटल एजुकेशन आइसिटी अवार्ड (पब्लिक सेक्टर), डिजिटल एजुकेशन आइसिटी अवार्ड (प्राइवेट सेक्टर), डिजिटल सर्भिसेस आइसिटी अवार्ड र डिजिटल गभर्नेन्स आइसिटी अवार्ड विधाहरु समावेश छन्।