काठमाण्डौ । आईसीएफसी फाइनान्स लिमिटेडले आफ्नो १८ औँ वार्षिक साधारणसभा डोकेको छ।

कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले आउँदो पुस ५ गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेटमा बिहान १० बजेबाट सुरु हुनेछ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले यही मंसिर २३ गतेदेखि पुस ५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ मंसिर २२ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो फाइनान्सको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

फाइनान्सले गत आर्थिक वर्षका लागि हाल कायम चुक्तापुँजी १ अर्ब २ करोड ४२ लाख ६५ हजार ८०० रुपैयाँको कुल १४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा १० प्रतिशत हुने आउने १० करोड २४ लाख २६ हजार ५८० रुपैयाँबराबरको बोनस सेयर र ४ प्रतिशतले हुन आउने ४ करोड ९ लाख ७० हजार ६३२ रुपैयाँबराबरको नगद लाभांश (करसहित) रहेका छन्।

प्रस्तावित लाभांश पुस ५ गते हुने वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि कार्यान्वयनमा आउनेछ।