काठमाण्डौ । आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई कोरोना संक्रमण पुष्टि भएको छ। 

ढकालको कोरोना रिपोर्ट सोमबार बिहान आउँदा पोजेटिभ देखिएको हो। ढकालसहित परिवारका सबै सदस्यले हिजो आइतबार पीसीआर परीक्षण गर्न स्वाब दिएका थिए। आज रिपोर्ट आउँदा ढकालमा मात्र पोजेटिभ देखिएको र परिवारका बाँकी सदस्यमा नेगेटिभ रिपोर्ट आएको पारिवारिक स्रोत बताउँछ।

पोजेटिभ देखिए पनि ढकालको स्वास्थ्य अवस्था सामान्य रहेको बुझिएको छ। उनी होम आइसोलेसनमा बसेका छन्। 

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्षसमेत रहेका ढकालल आफूले स्वास्थ्य मापदण्ड पालना गर्दै सतर्कता अपनाउँदासमेत कोरोना संक्रमण देखिएको बताए। उनले आफूहरुसँग सम्पर्कमा आएकाहरुलाई स्वास्थ्य सजगता अपनाउन र कोरोना परीक्षण गर्न सुझाव दिएका छन्।