काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले १०ः४ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले हकप्रद बिक्री गर्न अनुमति माग गर्दै हिजो बिहीबार नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएको हो।

गत वैशाख १२ गते सम्पन्न कम्पनीको २३ औँ वार्षिक साधारणसभाले चुक्तापुँजीको ७ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव र बोनस सेयर जारीपछि कायम चुक्तापुँजीको ४० प्रतिशतले हुन आउने हकप्रद निष्कासनको अजेन्डा अनुमोदन गरेको थियो। कम्पनीको यो हकप्रदलाई नियामक बीमा समितिले भने निष्कासनका लागि अनुमति दिइसकेको छ।

हाल कम्पनीको चुक्तापुँजी १ अर्ब १५ करोड ७५ लाख ६४ हजार ५२० रुपैयाँ छ। धितोपत्र बोर्ड अनुमति दिएमा कम्पनीले ४६ करोड ३० लाख २५ हजार ८०८ रुपैयाँबराबरको हकप्रद निष्कासन गर्नेछ। 

हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी १ अर्ब ६२ करोड ५ लाख रुपैयाँ पुग्नेछ।

त्यसो यो हकप्रद अहिले सेबोनको पाइपलाइनमा आइसकेको छैन। तर सेबोनका एक अधिकारीले हिजो आईएमई जनरल इन्स्योरेन्सको हकप्रद आवेदन सेबोनमा परेको पुष्टि गरेका छन्।