काठमाण्डौ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो पाँचौँ वार्षिक साधारणसभा आज असोज २६ गते डोकेको छ। सभा काठमाण्डौको लैनचौरस्थित लैनचौर ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले बीमा समितिबाट तोेकिएको चुक्तापुँजी ५ अर्ब कायम गर्न संस्थापक सेयरधनीहरुबाट हाल कायम रहेको चुक्तापुँजीको सतप्रतिशतबराबरको सेयरपुँजी पुनः थप गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। 

सभाले कम्पनीको प्रबन्धपत्रको उद्देश्यमा कम्पनीले आवश्यकताअनुसार विभिन्न सहायक कम्पनीहरु स्थापना गर्ने उद्देश्य थप गर्ने अर्को विशेष प्रस्ताव पनि पारित गर्नेछ। 

सभाले आर्थिक वर्ष २०७७–७८को वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु पारित गर्नेछ।