काठमाण्डौ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले ‘केयरएनपी ट्रिपल बी’ रेटिङ प्राप्त गरेको छ।

रेटिङ एजेन्सी केयर नेपालका अनुसार उक्त रेटिङले समयमै वित्तीय दायित्व पूरा गर्न सक्षम रहेको मध्यमस्तरको सुरक्षित कम्पनी जनाउँदछ। कम्पनीले आफ्ना लगानीकर्ता तथा सम्पूर्ण हितकारीहरुको सुरक्षाका निम्ति आफ्ना जोखिमहरुलाई न्यूनीकरण गर्दै लगेको समेत यस रेटिङले थप पुष्टि गर्छ। आगामी दिनहरुमा पनि कम्पनीले आफ्ना परिसूचकहरु अझ सशक्त गर्दै लैजानेमा कम्पनी अझै प्रतिबद्ध रहेको जनाएको छ। 

कम्पनीले १४० वटा शाखा कार्यालयबाट बीमितहरुलाई सेवा प्रदान गर्दै आइरहेकोे छ। यसका साथै कम्पनीमा २७ हजारभन्दा धेरै अभिकर्ता आबद्घ छन्। 

कम्पनीले नवीनतम सेवा उपलब्ध गराउँदै जाने क्रममा कम्पनीको वेबसाइट र मोबाइल एप्समा राखिएको च्याटबोटमार्फत बीमित तथा अभिकर्ताहरुका लागि उपयोगी हुने विविध सेवा तथा सूचनाहरु प्रदान गर्दै आएको छ।

आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले ५ वर्षअगाडि जीवन बीमा व्यवसाय गर्नका लागि लाइसेन्स प्राप्त गरेको थियो। कम्पनीमा ग्लोबल आईएमई बैक, आईएमई ग्रुपलगायत ठूला प्रतिष्ठित व्यावसायिक समूहको लगानी रहेको छ।