काठमाण्डौ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले सन् २०२३ मा विश्वव्यापी अर्थतन्त्रको वृद्धि सुस्त हुने चेतावनी दिएको छ। यसले विश्वमा मन्दी निम्त्याउन सक्ने संकेत पनि आईएमएफले गरेको छ।
आईएमएफ प्रमुख क्रिस्टालिना जर्जिएभाले सन् २०२६ सम्ममा विश्व अर्थतन्त्र ४ ट्रिलियन डलरको कीर्तिमानी वृद्धि हुने बताइन्। आईएमएफले भविष्यमा विश्व अर्थतन्त्रको वृद्धि हुने प्रक्षेपण गरेको छ। २०२२ मा जहाँ अर्थव्यवस्था ३.२ प्रतिशतको दरमा विकास भइरहेको छ। २०२३ मा यो केवल २.९ प्रतिशत वृद्धिमा बढ्नेछ।
जर्जिएभाले अर्थतन्त्रमा सुधार आउनुको साटो खस्कँदै गएको बताइन्। उनले विश्व अर्थतन्त्र यही दरले बढेमा छिट्टै विश्वले फेरि एकपटक मन्दीको सामना गर्नुपर्ने बताइन्।
कोरोना महामारी, रुस–युक्रेन युद्ध र जलवायु प्रकोपका कारण विश्व अर्थतन्त्रको वृद्धि नराम्ररी प्रभावित भएको थियो। चीन, युरोप र अमेरिका जस्ता ठूला देशको अर्थतन्त्र पनि यी कारणले सुस्ताउन थालेको छ। जसका कारण विकसित मुलुकबाट हुने निर्यात घट्न थालेको छ । यसको असर विश्वमा बढ्दो मुद्रास्फीतिका रुपमा देखिन थालेको छ।
जर्जिएभाले विश्व अर्थतन्त्रका एक तिहाइ देशले सन् २०२३ को पहिलो ६ महिनामा वृद्धिदर सुस्त हुने बताएकी छन्। सकारात्मक आर्थिक वृद्धि भए पनि बढ्दो मुद्रास्फीतिमा मन्दी आउने सम्भावना छ । ‘यदि हामीले यसलाई रोक्नका लागि छिटो कदम चालेनौँ भने परिणाम भयानक हुन सक्छ’, उनले भनिन्। –एजेन्सी
2 minutes ago
21 minutes ago
31 minutes ago
54 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago