काठमाण्डौ । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा युगेशभक्त बादे श्रेष्ठ नियुक्त भएका छन्।
कम्पनी सञ्चालक समितिको वैशाख २७ गते बसेको बैठकले श्रेष्ठलाई सीईओमा नियुक्ति सिफारिस गरी स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरणमा पेस गरेको थियो। प्राधिकरणबाट जेठ ५ गते पत्रमार्फत स्वीकृति प्राप्त भई कम्पनी सञ्चालक समितिको आज जेठ ९ गते बसेको बैठकमा श्रेष्ठले कम्पनीका अध्यक्ष हेमराज ढकालबाट सपथ ग्रहण गरेका छन्।
उक्त अवसरमा कम्पनीको सञ्चालक समिति तथा व्यवस्थापनबाट श्रेष्ठलाई सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो।
9 hours ago
9 hours ago
9 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
12 hours ago