काठमाण्डौ । देशभर उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंक लिमिटेडले आईटी क्षेत्रको विकास र प्रवर्द्धन गर्न स्थापित सूचना तथा प्रविधि सम्बद्ध संस्थाहरुको छाता संघ नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेज कम्पनी (एनएएस–आईटी)सँग बैंकिङ सेवासम्बन्धी सम्झौता गरेको छ।
उक्त सम्झौताअनुसार कुमारी बैंकले एनएएस–आईटीमा आबद्ध कम्पनीहरुलाई सरलीकृत कर्जालगायत अन्य बैंकिङ सेवा तथा सुविधा उपलब्ध गराउनेछ। कुमारी बैंकका वरिष्ठ उपप्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल तथा एनएएस–आईटीका अध्यक्ष रिचन श्रेष्ठद्वारा दुई संस्थाका अन्य पदाधिकारीको उपस्थितिमा सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।
सूचना तथा प्रवधि क्षेत्रसँग आबद्ध भएका संस्थाहरुको गुणस्तर तथा क्षमता अभिवृद्धि गर्न सरलीकृत बैंकिङ सेवा प्रदान गर्ने कुरा बैंकले जनाएको छ। एनएएस–आईटी नेपालको सूचना तथा प्रविधि क्षेत्रमा कार्यरत संस्थाहरुको एकीकृत विकासका लागि सक्रिय रहँदै आएको छ।
सूचना तथा प्रविधि क्षेत्रको विकास तथा प्रवर्द्धनका लागि बैंक तथा संघबीच गरिएको उक्त सम्झौताले सूचना तथा प्रविधि क्षेत्रमा आबद्ध उद्यमी तथा संस्थाहरुमाझ थप उर्जा प्रदान गर्ने विश्वास जनाएको छ।
कुमारी बैंकले आफ्ना देशव्यापी ३०२ शाखा सञ्जाल, २९६ एटीएम, ६२ शाखारहित बैंकिङ इकाइ तथा ४८ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ।
9 hours ago
13 hours ago
14 hours ago
14 hours ago
15 hours ago
15 hours ago
15 hours ago
15 hours ago
15 hours ago
15 hours ago