काठमाण्डौ । आईपीओ जारी गर्न लाइफ इन्स्योरेन्स कर्पोरेसन अफ इन्डिया (एलआईसी) को अधिकृत पुँजी २.५ गुणाले बढाइने भएको छ। 

एलआईसी भारत सरकारको पूर्णस्वामित्व रहेको जीवन बीमा कम्पनी हो। यो देशकै सबैभन्दा ठूलो जीबन बीमा कम्पनी  पनि हो। 

यो जीवन बीमा कम्पनीको अधिकृत पुँजी बढाएर ३.४ बिलियन अमेरिकी डलर (भारु २५० बिलियन) पुर्याउने प्रस्ताव भारत सरकारले नै गरेको हो। यसका लागि भारत सरकारले ‘लाइफ इन्स्योरेन्स कर्पोरेसन एक्ट १९५६’ लाई संशोधन गर्ने प्रस्ताव गरेको छ। हाल एलआईसीको चुक्तापुँजी भारु १०० बिलियन भारतीय रुपैयाँ रहेको छ।

एलआईसीले आउँदो अप्रिल १ गतेदेखि आईपीओ निष्कासन गर्ने तयारी गरेको छ। यसका लागि सहजता होस् भनेर अधिकृत पुँजी बढाउने प्रस्ताव गरेको भारतीय अधिकारीहरु बताउँछन्। 

अहिले एलआईसीमा भारत सरकारको सतप्रतिशत स्वामित्व रहेको छ। आईपीओ निष्कासनपछिको ५ वर्षसम्म एलआईसीमा भारत सरकारको स्वामित्व ७१ प्रतिशत रहनेछ। त्यसपछि भने कम्पनीमा भारत सरकारको ५१ प्रतिशत स्वामित्व रहने गरी नीति संशोधन गर्ने तयारी भइरहेको पीटीआईले जनाएको छ। 

अर्थमन्त्री निर्मला सीतारमणले बजेट भाषणका क्रममा एलआईसीको आईपीओ निष्कासन आउँदो आर्थिक वर्षमा जारी गरिने बताएकी थिइन्। एलआईसीले जारी पुँजीको २५ प्रतिशतले हुन आउने आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको छ। – एजेन्सी