काठमाण्डौ । कुल २५ वटा कम्पनी आईपीओ निष्कासनको तयारीमा छन्। 

आईपीओ निष्कासनको तयारीमा रहेकाहरुमा १५ वटा जलविद्युत कम्पनी, ६ वटा लघुवित्त, २ वटामा बीमा कम्पनी र २ वटा अन्य समूहका कम्पनी छन्। यी कम्पनीले आईपीओ निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिइसकेका छन्।

आईपीओ निष्कासनका लागि ११ वटा कम्पनीले चालु आर्थिक वर्षमै र बाँकी गत आर्थिक वर्षमै धितोपत्र बोर्डमा आवेदन दिन दिएका थिए। 

यी २५ वटा कम्पनीले कुल ६ करोड १३ लाख ५६ हजार ४ कित्ता आईपीओ निष्कासन गर्नेछन्। जसअनुसार यी कम्पनीहरुले कुल ६ अर्ब ८० करोड ७६ लाख ४०० रुपैयाँबराबरको आईपीओ निष्कासन गर्नेछन्। 

यी कम्पनीमध्ये कतिपयसँग धितोपत्र बोर्डले सुझाव मागेको छ भने कतिपयसँग आवश्यक कागजपत्र पेस गर्न भनेको छ।