काठमाण्डौ । आईपीओ निष्कासनको मुख्य अजेन्डासहित मोलुंग हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो ११ औँ वार्षिक साधारणसभा डाकेको छ।

कम्पनीले आउँदो फागुन ६ गते वार्षिक साधारणसभा डाकेको हो। सभा भर्चुअल माध्यमबाट काठमाण्डौको रविभवनस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि सुरु हुनेछ।

सभाले आईपीओ निष्कासन गर्न नियमनकारी निकायबाट अनुमति दिने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। यसका लागि सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति गर्ने विशेष प्रस्ताव पनि पारित हुनेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन र वार्षिक वित्तीय विवरण पनि छलफल गरी अनुमादन गर्नेछ।