काठमाण्डौ । यहीमाघ २८ गतेबाट आईपीओ निष्कासन गर्न लागेको महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर रजिस्ट्रारमा नेपाल एसबीआई मर्चेन्ट नियुक्त भएको छ।
अब नेपाल एसबीआई मर्चेन्टले महिला लघुवित्तको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, सेयर दाखिल खारेज गर्ने, नामसारी गर्ने र सेयरवालाहरुको लगत अद्यावधिक गरी राख्नेलगायत सेयर रजिस्ट्रेसनसँग सम्बन्धित सम्पूर्ण कार्यहरु गर्नेछ। योसम्बन्धी सम्झौतापत्रमा नेपाल एसबीआई मर्चेन्टका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारी र महिला लघुवित्तका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद न्यौपानेले हस्ताक्ष गरेका छन्।
कम्पनीको सेयर रजिस्ट्रारसम्बन्धी सेवा प्रारम्भ हुने मिति सार्वजनिक सूचनामार्फत सर्वसाधरण सेयरधनीलाई जानकारी गराइने संस्थाले जनाएको छ।
नेपाल एसबीआई मर्चेन्ट, नेपाल एसबीआई बैक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो।
महिला लघुवित्त १०० रुपैयाँ अंकित दरका कुल ४ लाख कित्ता आईपीओ निष्कासन गर्दैछ।
8 hours ago
8 hours ago
8 hours ago
9 hours ago
9 hours ago
10 hours ago
9 hours ago
10 hours ago
10 hours ago
10 hours ago